काठमाडौँ, १४ जेठ । शुक्रबारदेखि कडाई गरिएको निषेधाज्ञामा अत्यावश्यक वस्तुमा समेत कडाई गरिएको छ। सुरक्षा निकायले अत्यावश्यक बस्तु ग्यासको ढुवानी समेत रोकेका छन्।
ग्यास व्यवसायीका अनुसार ढुवानीका साधनहरुलाई विभिन्न ठाँउमा रोकिएको छ। उनीहरुका अनुसार सुरक्षा निकायले आयल निगमका कर्मचारी तथा ग्यास उध्योगका कर्मचारीलाई समेत कार्यक्षेत्रमा आउन दिएको छैन्।
ग्यास बोकेर आएको गाडीलाई प्रहरीले नौबिसेमा रोकेको ग्यास उद्योगसंघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए।
उनले भने, ‘ग्यास बोकेका गाडी र ग्यास उद्योगमा काम गर्ने कर्मचारीलाई बाटोमै रोकेर राखिएको छ । यसले ग्यासको विक्रीलाई निकै असहज बनाउने भयो।’ नौबिसेमा रोकेर राखिएको ग्यास बुलेटलाई प्रहरीले राति ९ बजे मात्रै छोड्ने भनेको उनले बताए। राति ९ बजे छोडेर कसरीले ग्यास फिलिङ गर्ने रु” उनले भने। उनले ग्यास सिलिण्डर डिपोमा झार्न दिने भए पनि काम गर्नुपर्ने बताए। त्यसबारेमा नेपाल आयल निगमलाई पत्राचार गरेको उनले बताए।
यता, प्रहरीले नेपाल आयल निगमका कर्मचारीलाई पनि कार्यालयमा जान दिएन। विहानैदेखि कर्मचारीलाई जान नदिएपछि यो समाचार तयार पार्दासम्म निगमको कार्यालयमा कर्मचारी जान पाएका छैनन्।
उनले भने, ‘पौडेलका अनुसार काठमाडौँमा दैनिक ४० हजार सिलिण्डर विक्री गर्नुपर्ने हुन्छ। त्यसैले राति फिलिङ गर्न गाह्रै हुने बताए। कडाइको सुरुको दिन भएर होला। अब यी समस्या समाधान होलान्।’




