काठमााडौँ, १३ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोलामा ७०० रुपैयाँले बढेर प्रतितोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको बताएको छ ।
तेजाबी सुनको भाउ समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।
साथै चाँदीको भाउ भने गत तीन दिन यता स्थिर रहँदै प्रतितोला १ हजार ३५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।




