हेटौँडा, १२ जेठ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालमा उपचाररत पुरुष कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको हो। मृत्यु हुनेमा थाहा नगरपालिका ३ को ३७ वर्षीय पुरुष रहेको अस्पताका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिए।
योसँगै अस्पतालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ।




