उनका अनुसार मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१३ की ६१ वर्षकी एक महिलाको आइतबार दिउसो १ बजेको समयमा मृत्यु भएको हो ।

त्यस्तै थाहा नगरपालिका वडा नम्बर–३ का ७५ वर्षका एक पुरुषको आज विहान करिव १० बजेको समयमा मृत्यु भएको उनले बताए ।

केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिए पछि थप उपचारका लागि हेटौंडा अस्पतालको आइसियू कक्षमा राखेर उपचार भइरहेको थियो ।

योसँगै हेटौँडा अस्पतालमा उपचारका क्रममा ४७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १३ जना महिला र ३४ जना पुरुष रहेको अस्पतालले जनाएको छ ।

" /> कोरोना सङ्क्रमणका कारण हेटौँडामा थप २ जनाको मृत्यु - Sarbocha Media

कोरोना सङ्क्रमणका कारण हेटौँडामा थप २ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ १० गते ७:२७

हेटौँडा, १० जेठ । कोरोना संक्रमणका कारण हेटौँडा अस्पतालमा थप २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत एक पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालको कोभिड इन्चार्ज डा. सागर काफ्ले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१३ की ६१ वर्षकी एक महिलाको आइतबार दिउसो १ बजेको समयमा मृत्यु भएको हो ।

त्यस्तै थाहा नगरपालिका वडा नम्बर–३ का ७५ वर्षका एक पुरुषको आज विहान करिव १० बजेको समयमा मृत्यु भएको उनले बताए ।

केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिए पछि थप उपचारका लागि हेटौंडा अस्पतालको आइसियू कक्षमा राखेर उपचार भइरहेको थियो ।

योसँगै हेटौँडा अस्पतालमा उपचारका क्रममा ४७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १३ जना महिला र ३४ जना पुरुष रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?