सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा शुक्रबार दिउँसोसम्म उपचार गराइरहेका संक्रमितहरुको संख्या १ सय ८ छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ५ सय ९८ जनाको परीक्षणमा २ सय २९ जनामा कोरोना पुष्टि भएको छ ।

" /> कोरोना सङ्क्रमणबाट सेती अस्पताल थप २ जनाको मृत्यु - Sarbocha Media

कोरोना सङ्क्रमणबाट सेती अस्पताल थप २ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ ०७ गते १०:१२

धनगढी, ७ जेठ । सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये थप २ जनाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा– ११ की ५२ वर्षीया महिला र कञ्चनपुरकै कृष्णपुर–४ का ५५ वर्षीय पुरुष रहेका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा शुक्रबार दिउँसोसम्म उपचार गराइरहेका संक्रमितहरुको संख्या १ सय ८ छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ५ सय ९८ जनाको परीक्षणमा २ सय २९ जनामा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?