काठमाडौँ, ६ जेठ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ।
बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।
२ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उनलाई महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो।
मृतक केसी महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए।




