काठमाडौँ, ५ जेठ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौँ जिल्लामा १ हजार ९ सय ८८, ललितपुरमा २ सय ७० र भक्तपुरमा २ सय २८ जना गरी उपत्यकामा २ हजार ४ सय ८६ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत मंगलबारको तुलनामा यो संख्या १४९ जना कम हो ।




