सोही अस्पतालमा सुनसरीको रामधुनी नगरपालिका–५ का ४३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनी हिजोमात्र अस्पताल भर्ना भएका थिए ।

नोबेल शिक्षण अस्पतालमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–७ का ५४ वर्षीय पुरुष र झापाको दमक नगरपालिका–५ का ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालमा प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

विराट शिक्षण अस्पतालमा विराटनगर–३ की ७० वर्षीया महिलाको मृत्यु भएको छ । उनलाई वैशाख ३० गते अस्पतालमा भर्ना गरिएको थियो ।

" /> विराटनगरका अस्पतालमा उपचाररत थप ५ कोरोना सङ्क्रमितको मृत्यु - Sarbocha Media

विराटनगरका अस्पतालमा उपचाररत थप ५ कोरोना सङ्क्रमितको मृत्यु

`

     २०७८ ज्येष्ठ ०५ गते ९:३३

विराटनगर, ५ जेठ। विराटनगरका विभिन्न तीन अस्पतालमा कोरोना संक्रमित उपचाररत थप ५ जनाको मृत्यु भएको छ । बुधबार मृत्यु हुनेमा एक महिला र चार पुरुष छन् ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–८ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई वैशाख २७ गते अस्पतालमा भर्ना गरिएको थियो ।

सोही अस्पतालमा सुनसरीको रामधुनी नगरपालिका–५ का ४३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनी हिजोमात्र अस्पताल भर्ना भएका थिए ।

नोबेल शिक्षण अस्पतालमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–७ का ५४ वर्षीय पुरुष र झापाको दमक नगरपालिका–५ का ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालमा प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

विराट शिक्षण अस्पतालमा विराटनगर–३ की ७० वर्षीया महिलाको मृत्यु भएको छ । उनलाई वैशाख ३० गते अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?