काठमाडौँ, ५ जेठ । बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।
योसँगै चाँदी भने गत मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँले घट्दै आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




