संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छोरा अनुपसिंहलाई गत वैशाख २८ गते श्वासप्रश्वासमा समस्या भएको थियो । तत्कालै नगरपालिकाको एम्बुलेन्सबाट अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । नगरपालिकाको एम्बुलेन्समा अक्सिजन सिलिन्डरको व्यवस्था थिएन । श्वासप्रश्वासमा निकै समस्या भएका उनको बाटोमै मृत्यु भएको थियो ।

उनको मृत्युको तीन दिनपछि गत शुक्रबार परिवारका १३ जनाको पीसीआर परीक्षण गरिएको थियो । उनीहरुमध्ये मृतक अनुपका दुई जना छोरा र छोरीबाहेक परिवारका अन्यमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमध्ये बुबा ७६ वर्षीय सुरेनचन्द्रको मंगलबार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको स्थानीय पुकारचन्द्र राजवंशीले जानकारी दिए ।

" /> कोरोना सङ्क्रमणबाट बाबुछोराको मृत्यु, परिवारका १० जनामा सङ्क्रमण - Sarbocha Media

कोरोना सङ्क्रमणबाट बाबुछोराको मृत्यु, परिवारका १० जनामा सङ्क्रमण

`

     २०७८ ज्येष्ठ ०४ गते ५:४०

झापा, ४ जेठ । कोरोना संक्रमणबाट झापाको भद्रपुर नगरपालिकामा बुबा र छोराको मृत्यु भएको छ भने परिवारका अन्य १० जना संक्रमित रहेका छन् । भद्रपुर–४ महेशपुरका ७६ वर्षीय सुरेनचन्द्र राजवंशी र उनका ४८ वर्षीय छोरा अनुपसिंहको मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छोरा अनुपसिंहलाई गत वैशाख २८ गते श्वासप्रश्वासमा समस्या भएको थियो । तत्कालै नगरपालिकाको एम्बुलेन्सबाट अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । नगरपालिकाको एम्बुलेन्समा अक्सिजन सिलिन्डरको व्यवस्था थिएन । श्वासप्रश्वासमा निकै समस्या भएका उनको बाटोमै मृत्यु भएको थियो ।

उनको मृत्युको तीन दिनपछि गत शुक्रबार परिवारका १३ जनाको पीसीआर परीक्षण गरिएको थियो । उनीहरुमध्ये मृतक अनुपका दुई जना छोरा र छोरीबाहेक परिवारका अन्यमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमध्ये बुबा ७६ वर्षीय सुरेनचन्द्रको मंगलबार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको स्थानीय पुकारचन्द्र राजवंशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?