सिन्धुली अस्पतालका डा. सागर देवकोटाका अनुसार दुधौलीकी महिलालाई भेन्टिलेटरमा राखिएको थियो भने कमलामाईकी महिलालाई अक्सिजन दिएर उपचार भइरहेको थियो ।

यससँगै हालसम्म सिन्धुलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

" /> सिन्धुलीमा कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु - Sarbocha Media

सिन्धुलीमा कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ ०३ गते ५:४५

सिन्धुली, ३ जेठ । सिन्धुलीमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । सदरमुकामस्थित कोभिड अस्पतालमा उपचाररत दुधौली नगरपालिका–९ की ४८ वर्षीया र कमलामाई नगरपालिका–४ की ३५ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको हो ।

सिन्धुली अस्पतालका डा. सागर देवकोटाका अनुसार दुधौलीकी महिलालाई भेन्टिलेटरमा राखिएको थियो भने कमलामाईकी महिलालाई अक्सिजन दिएर उपचार भइरहेको थियो ।

यससँगै हालसम्म सिन्धुलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?