काठमाडौँ, २ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आइतबार सुनको भाउ प्रतितोलामा ९ सय रुपैयाँले बढेको छ।
आइतबार सुनको भाउ प्रतितोलामा ९२ हजार ५ सयमा कारोबार भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको थियो।
आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी चाँदीको भाउमा पनि २० रुपैँयाले वृद्धि भएको छ। आज चाँदीको मूल्य २० रुपैँयाले बढेर १ हजार ३ सय ५० रुपयाँमा कारोबार भएको महासंद्धले जनाएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ३० मा कारोबार भएको थियो।




