नुवाकोट, २ जेठ । कोरोना संक्रमणका कारण नुवाकोटको त्रिशूली अस्पतालमा उपचाररत दुईजनाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–४ बट्टारकी ३२ वर्षीया महिला र किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय पुरुषको मृत्यु भएको हो ।
गत वैशाख २७ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै शनिबार अस्पताल भर्ना भएका ३३ वर्षीय पुरुषको स्वास्थ्यमा जटिलता थपिएपनि सघन उपचार कक्ष खाली नभएका कारण मृत्यु भएको त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।
नुवाकोटमा हाल ६६८ जना सक्रिय संक्रमित रहेको बताएको छ ।




