काठमाडौँ, २ जेठ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक जारी रहेको
छ । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।
प्रधानमन्त्री ओलीले शनिबार, स्वास्थ्य क्षेत्रका विज्ञ र निजी क्षेत्रका व्यक्तिहरुसँग कोरोनाका विषयमा छलफल गरेका थिए।
बैठकले कोभिड–१९ संक्रमणका विषयमा छलफल गरी थप निर्णय लिने बताइएको छ। मन्त्रिपरिषद्ले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा सीसीएमसीको सिफारिसमा निर्णयहरु गर्दै आएको छ।




