देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ पुगेको छ। जसमध्ये ९८ हजार ८ सय ६९ संक्रमित होम आइसोलेसनमा छन् भने ८ हजार ४ सय ६७ जना संस्थागत आइसोलेसनमा बसेका छन्।

मन्त्रालयका अनुसार १ हजार ३ सय ३४ जना आइसियु र ३ सय ७१ जना भेन्टिलेटरमा उपचाररत छन्।

गत २४ घण्टामा ६ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ।

" /> पछिल्लो २४ घण्टामा थप २०३ सङ्क्रमितको मृत्यु, ६ हजार बढी सङ्क्रमणमुक्त - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप २०३ सङ्क्रमितको मृत्यु, ६ हजार बढी सङ्क्रमणमुक्त

`

     २०७८ वैशाख ३१ गते १२:४४

काठमाडौँ, ३१ वैशाख । देशभर कोरोना संक्रमणले थप २ सय ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २१ हजार ४ सय ७८ जनाको परीक्षण गर्दा ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको छ। २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४ सय ६७ र ५ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ।

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ पुगेको छ। जसमध्ये ९८ हजार ८ सय ६९ संक्रमित होम आइसोलेसनमा छन् भने ८ हजार ४ सय ६७ जना संस्थागत आइसोलेसनमा बसेका छन्।

मन्त्रालयका अनुसार १ हजार ३ सय ३४ जना आइसियु र ३ सय ७१ जना भेन्टिलेटरमा उपचाररत छन्।

गत २४ घण्टामा ६ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?