काठमाडौँ, ३१ वैशाख । शुक्रबार नेपाली बजारमा सुनको भाउमा स्थिरता आएको छ ।
गत बिहीबारकै भाउमा शुक्रबार पनि सोहि भाउमा कायम हुँदै सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि गत बिहीबारकै प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम रहेको छ ।
बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउदै आज चाँदी १ हजार ३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




