राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको सपथ भोलि शुक्रबार अपरान्ह हुने भएको छ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएकामा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआए पछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

" /> केपी ओली प्रधानमन्त्री नियुक्त, सपथ भोलि - Sarbocha Media

केपी ओली प्रधानमन्त्री नियुक्त, सपथ भोलि

`

     २०७८ वैशाख ३० गते ४:४०

काठमाडौँ, ३० वैशाख। नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको सपथ भोलि शुक्रबार अपरान्ह हुने भएको छ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएकामा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआए पछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?