काठमाडौँ, ३० वैशाख। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् ।
दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो ।
त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए । उनले भने ‘आज सांसदहरुको राजीनामा दिने कुरा दुई चार दिनलाई टर्यो ।’
नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी भइरहेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो । आज बिहान ओलीले नेपाललाई टेलिफोन गरी भेटका लागि प्रस्ताव गरेका थिए ।
आजै बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल लगायत भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारवाही फुकुवा गरेको थियो ।




