नारायणी अस्पतालमा बिहान ३ बजेर ३० मिनेटमा वीरगन्ज २६ की ४५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । बिहान २ बजेर १६ मिनेटमा स्पर्श मल्टी स्पेशिलिटी अस्पतालमा वीरगन्ज २१ क ५६ वर्षीय पुरुष,बिहान ५ बजे भवानी अस्पतालमा वीरगन्ज १ का ६५ वर्षिय पुरुष,भवानी अस्पतालमै पर्सा पोखरिया नगरपालिका १० की ६५ वर्षीया महिला,नेशनल मेडिकल कलेजमा बिहान ४ बजे वीरगन्ज २६ की ५० वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा दिउँसो १:३० मा वीरगन्ज ५ की ६० वर्षीया महिला, दिउँसो ३ बजेर ३० मिनेटमा वीरगन्ज १५ की ५५ वर्षीया महिला र नेशनल मेडिकल कलेजमा ४ बजेर १० मिनेटमा वीरगन्ज १५ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको बताएको छ ।

" /> पर्सामा कोरोना सङ्क्रमणका कारण थप ९ जनाको मृत्यु - Sarbocha Media

पर्सामा कोरोना सङ्क्रमणका कारण थप ९ जनाको मृत्यु

`

     २०७८ वैशाख ३० गते १२:००

पर्सा, ३० वैशाख । वीरगन्जमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा गरी बिहीबार ९ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार नारायणी बयोधा अस्पतालमा बिहीबार १२ बजेर ५१ मिनेटमा वीरगन्ज १० का ७८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा बिहान ३ बजेर ३० मिनेटमा वीरगन्ज २६ की ४५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । बिहान २ बजेर १६ मिनेटमा स्पर्श मल्टी स्पेशिलिटी अस्पतालमा वीरगन्ज २१ क ५६ वर्षीय पुरुष,बिहान ५ बजे भवानी अस्पतालमा वीरगन्ज १ का ६५ वर्षिय पुरुष,भवानी अस्पतालमै पर्सा पोखरिया नगरपालिका १० की ६५ वर्षीया महिला,नेशनल मेडिकल कलेजमा बिहान ४ बजे वीरगन्ज २६ की ५० वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा दिउँसो १:३० मा वीरगन्ज ५ की ६० वर्षीया महिला, दिउँसो ३ बजेर ३० मिनेटमा वीरगन्ज १५ की ५५ वर्षीया महिला र नेशनल मेडिकल कलेजमा ४ बजेर १० मिनेटमा वीरगन्ज १५ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?