नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको बताएका छन् ।

यसैगरी रौतहटको गौरबाट सञ्चालित रेड टेलिभिजनकी अध्यक्ष तथा सञ्चारकर्मी रामादेवी यादवको पनि कारोना संक्रमणकै कारण २९ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण भई गौर अस्पतालमा उपचारत यादवको २८ गते उपचारको क्रममा निधन भएको हो । स्वर्गीय यादवका श्रीमान र चार छोरी छन् ।

कोरोनाकै कारण हालसम्म १२ जना पत्रकारको निधन भएको छ भने ७ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासङ्घले अपिल गरेको छ ।

" /> कोरोना सङ्क्रमणका कारण पत्रकार गणेश पौडेलको निधन - Sarbocha Media

कोरोना सङ्क्रमणका कारण पत्रकार गणेश पौडेलको निधन

`

     २०७८ वैशाख ३० गते ६:१७

कास्की, ३० वैशाख । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका सदस्य गणेश पौडेलको कोरोना सङ्क्रमणका कारण ३८ वर्षको उमेरमा निधन भएको छ ।

वैशाख १८ गते कोरोना संक्रमण देखिएपछि लगत्तै पोखरास्थित गण्डकी मेडिकल कजेलमा भर्ना भई उपचारत रहेका पत्रकार पौडेलको उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । स्वर्गीय पौडेलका श्रीमती र दुई छोरा रहेका छन् ।

पोखरा–३३ बागमारा निवासी पत्रकार पौडेल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए । पोखरास्थित गण्डकी टेलिभिजनको स्थापनाकालदेखि काम गरेका पौडेलले पछिल्लो समय उक्त टेलिभिजनमा निर्देशकको जिम्मेवारी वहन गर्दै आएका थिए ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको बताएका छन् ।

यसैगरी रौतहटको गौरबाट सञ्चालित रेड टेलिभिजनकी अध्यक्ष तथा सञ्चारकर्मी रामादेवी यादवको पनि कारोना संक्रमणकै कारण २९ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण भई गौर अस्पतालमा उपचारत यादवको २८ गते उपचारको क्रममा निधन भएको हो । स्वर्गीय यादवका श्रीमान र चार छोरी छन् ।

कोरोनाकै कारण हालसम्म १२ जना पत्रकारको निधन भएको छ भने ७ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासङ्घले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?