काठमाडौँ, २८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौँमा २ हजार ७ सय ८८ जना, भक्तपुरमा ५ सय ३७ जना र ललितपुरमा ६ सय २ जना कोरोना संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने एकै दिन २२५ जनाको मृत्यु भएको छ ।




