कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्ने निर्णय गरेको हो।

समितिका अनुसार थोक बजारमा प्याकेजिङ गरेर बिक्री वितरण गर्न पाइने छ। थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गरेर बिक्री वितरण गर्न सकिनेछ।

बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेलागाडा लैजान पाइने छैन। ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड वा होल्डिङ यार्डमा कारोबार गर्न सक्ने समितिले जनाएको छ।

" /> आजदेखि कालिमाटी तरकारी बजार बन्द - Sarbocha Media

आजदेखि कालिमाटी तरकारी बजार बन्द

`

     २०७८ वैशाख २८ गते ७:२३

काठमाडौँ, २८ वैशाख । कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। मंगलबार समितिले निकालेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको निषेधाज्ञा अवधिभरि बजार बन्द गरिने भएको छ।

कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्ने निर्णय गरेको हो।

समितिका अनुसार थोक बजारमा प्याकेजिङ गरेर बिक्री वितरण गर्न पाइने छ। थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गरेर बिक्री वितरण गर्न सकिनेछ।

बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेलागाडा लैजान पाइने छैन। ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड वा होल्डिङ यार्डमा कारोबार गर्न सक्ने समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?