काठमाडौँ, २८ वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार मंगलबार प्रतितोलामा ३ सयले उकालो लागेको छ ।
साथै आज सुनको भाउ प्रतितोलाामा ९२ हजार ३ सयमा कायम रहेको जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुन ९१ हजार ८ सय रुपैयाँ कारोबार भएको छ ।
योसँगै चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा सामान्य मूल्यमा घटेको छ ।
सोमबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ पुगेको चाँदीको मूल्य मंगलबार प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




