काठमाडौँ, २७ वैशाख । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।
सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्मा अस्वीकृत भएको ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए ।
विपक्षमा १२४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव–बाबुराम भट्टराई) समूहका सांसदले मत दिएका छन् ।
तटस्थ १५ मत परेको सभामुखले जानकारी गराए । एमालेका झलनाथ खनाल–माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका छन् । आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागि रहेका थिए ।




