काठमाडौँ, २७ वैशाख। प्रतिनिधिसभा हलमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको पक्ष र विपक्षमा मतदान सुरु भएको छ । सोमबार संसद्मा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेसँगै मतदान सुरु भएको हो ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने, नदिने र तटस्थ रहनेका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको सभामुख अग्नि सापकोटाले जनाएको छ ।
यसैगरी कोभिड संक्रमित सांसदहरुले पनि स्वास्थ्य मापदण्ड अपनाएर मतदान गर्न पाउने छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भएको छ । जसपाकै अध्यक्ष महन्थ ठाकुर पक्ष भने मतदानको सवालमा तटस्थ रहने भएको छ ।




