उनले भने, ‘बैठकमा त्यही सल्लाह भयो । माधव कमरेडले भनेपछि हामी त्यसको लागि तयार भयौँ।’

उनका अनुसार नेता नेपालले आफू पक्षधर सबै सांसदहरुलाई दिउँसो ३ बजे सिंहदरबार बोलाईएको छ । नेता नेपाल पक्षधर २१ जना प्रत्यक्ष निर्वाचित सांसद र १० जना समानूपातिक सांसदले आजै राजीनामा दिने भएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् ।

त्यो भन्दा अघि नै नेपाल पक्षले आज राजीनामा दिन लागेको हो । नेपाल पक्षको यो निर्णयसँगै नेकपा (एमाले) अब औपचारिक रुपमा फुट्ने भएको छ ।

प्रधानमन्त्री ओलीले पनि विश्वासको मत नपाउने प्रष्ट भएको छ । कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

आजमात्रै पनि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई बालुवाटारमै पुगेर विश्वासको मत नदिने र आफूहरु तटस्थ बस्ने बताएको छ ।

यद्धपी जसपाको पदाधिकारी बैठक अहिले सुरु भएको छ । उनीहरु संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको टोखास्थित् निवासमा छलफलमा जुटेका हुन् । पार्टीभित्रबाट नेता तथा कार्यकर्ताहरुले जसपाले जे निर्णय गरेपनि सहमतिको आधारमा एउटा निर्णय गर्नुपर्ने दबाब नेतृत्वलाई दिएका छन्। रिपोर्टस नेपाल

" /> माधव नेपालले आफू पक्षधर सबै सांसदलाई ३ बजे सिंहदरबार बोलाए, आजै राजीनामा - Sarbocha Media

माधव नेपालले आफू पक्षधर सबै सांसदलाई ३ बजे सिंहदरबार बोलाए, आजै राजीनामा

`

     २०७८ वैशाख २६ गते ९:०२

काठमाडौँ, २६ वैशाख। नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल पक्षधर सांसदहरुले आज (आइतबार) सामूहिक राजीनामा दिने भएका छन् ।

अहिले केही बेर अघि सुरु भएको नेता नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकमा नेताहरुले अब राजीनामा दिएर अघि बढ्नुपर्ने निश्कर्ष निकालेका थिए । बैठकमा सहभागी नेता सोमप्रसाद पाण्डेले आफूहरु राजीनामा दिने तयारीमा पुगेको बताए ।

उनले भने, ‘बैठकमा त्यही सल्लाह भयो । माधव कमरेडले भनेपछि हामी त्यसको लागि तयार भयौँ।’

उनका अनुसार नेता नेपालले आफू पक्षधर सबै सांसदहरुलाई दिउँसो ३ बजे सिंहदरबार बोलाईएको छ । नेता नेपाल पक्षधर २१ जना प्रत्यक्ष निर्वाचित सांसद र १० जना समानूपातिक सांसदले आजै राजीनामा दिने भएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् ।

त्यो भन्दा अघि नै नेपाल पक्षले आज राजीनामा दिन लागेको हो । नेपाल पक्षको यो निर्णयसँगै नेकपा (एमाले) अब औपचारिक रुपमा फुट्ने भएको छ ।

प्रधानमन्त्री ओलीले पनि विश्वासको मत नपाउने प्रष्ट भएको छ । कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

आजमात्रै पनि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई बालुवाटारमै पुगेर विश्वासको मत नदिने र आफूहरु तटस्थ बस्ने बताएको छ ।

यद्धपी जसपाको पदाधिकारी बैठक अहिले सुरु भएको छ । उनीहरु संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको टोखास्थित् निवासमा छलफलमा जुटेका हुन् । पार्टीभित्रबाट नेता तथा कार्यकर्ताहरुले जसपाले जे निर्णय गरेपनि सहमतिको आधारमा एउटा निर्णय गर्नुपर्ने दबाब नेतृत्वलाई दिएका छन्। रिपोर्टस नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?