काठमाडौँ, २६ वैशाख । आइतबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
गत शुक्रबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार प्रतितोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
योसँगै चाँदीको भाउ भने सामान्य घटेको छ। यसअघि प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पाँच रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।




