त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ राज्यमा एक लाख बढी, सात राज्यमा ५० हजार बढी र १७ राज्यमा ५० हजार भन्दा कम कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् ।

साथै, २४ वटा राज्यहरुमा १५ प्रतिशत भन्दा बढी कोरोनाको पोजेटिभिटी रेट रहेको छ । भारतमा हरेक दिन २.४ प्रतिशत संक्रमितहरु बढिरहेको मन्त्रालयले जनाएको छ ।

भारतको महाराष्ट्रमा ५७ हजार भन्दा बढी नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा थप ९ सय २० संक्रमितको मृत्यु भएका छन् ।

जसमध्ये पनि सबै भन्दा बढी मुम्बईमा कोरोना संक्रमित फेला परेका छन् । मुम्बईमा मात्रै ७७ संक्रमितको मृत्यु भएको छ । महाराष्ट्रको नागपुरमा पनि पछिल्लो २४ घण्टामा थप ८७ जना संक्रमितको मृत्यु भएको छ ।

भारतको केन्द्रीय राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा २० हजार ९ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । ३ सय ११ संक्रमितहरुको मृत्यु भएका छन् । दिल्लीमा संक्रमित दर २६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दिल्लीमा हालसम्म कोरोनाका कारण १८ हजार बढीको मृत्यु भइसकेको छ । हाल दिल्लीका अस्पतालहरुमा अक्सिजनको चरम अभाव रहेको बताएको छ ।

" /> भारतमा २४ घण्टामा थप ३९०० सय भन्दा बढीको मृत्यु - Sarbocha Media

भारतमा २४ घण्टामा थप ३९०० सय भन्दा बढीको मृत्यु

`

     २०७८ वैशाख २३ गते ६:११

एजेन्सी, २३ वैशाख। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी कोरोना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ९८० जना संक्रमितको मृत्यु भएको छ भने ४ लाख १२ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ राज्यमा एक लाख बढी, सात राज्यमा ५० हजार बढी र १७ राज्यमा ५० हजार भन्दा कम कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् ।

साथै, २४ वटा राज्यहरुमा १५ प्रतिशत भन्दा बढी कोरोनाको पोजेटिभिटी रेट रहेको छ । भारतमा हरेक दिन २.४ प्रतिशत संक्रमितहरु बढिरहेको मन्त्रालयले जनाएको छ ।

भारतको महाराष्ट्रमा ५७ हजार भन्दा बढी नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा थप ९ सय २० संक्रमितको मृत्यु भएका छन् ।

जसमध्ये पनि सबै भन्दा बढी मुम्बईमा कोरोना संक्रमित फेला परेका छन् । मुम्बईमा मात्रै ७७ संक्रमितको मृत्यु भएको छ । महाराष्ट्रको नागपुरमा पनि पछिल्लो २४ घण्टामा थप ८७ जना संक्रमितको मृत्यु भएको छ ।

भारतको केन्द्रीय राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा २० हजार ९ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । ३ सय ११ संक्रमितहरुको मृत्यु भएका छन् । दिल्लीमा संक्रमित दर २६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दिल्लीमा हालसम्म कोरोनाका कारण १८ हजार बढीको मृत्यु भइसकेको छ । हाल दिल्लीका अस्पतालहरुमा अक्सिजनको चरम अभाव रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?