काठमाडौँ, २२ वैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३८२५ जनामा कोरोना संक्रमित थपिएका छन्।
उपत्यकामा थपिएको यो संख्या देशभर आज थपिएको कुल संक्रमितको ४४ प्रतिशत रेहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा जनाएको छ । देशभर ८ हजार ६०५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।
काठमाडौँमा २८४९, भक्तपुरमा ४५८ जना र ललितपुरमा ५१८ जनामा संक्रमण पुष्टि भएका छन् । आज देशभर ६०० जना आइसियुमा र १५६ जना भेन्टिलेटरमा मन्त्रालय जनाएको छ ।




