यस्तै, मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा रुपन्देहीको कञ्चन गाउँपालिका–४ की २७ वर्षीय महिलाको मृत्यु भएको थियो भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मंगलबार राति ९ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

साथै मंगलबार राति १० बजे बुटवल उपमहानगरपालिका १२ का ४७ वर्षीय पुरुषको मृत्यु भएको थियो । रुपन्देहीकै बुटवल–९ की ५४ वर्षीय महिलाको बुधबार बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको थियो भने त्यसको ५ मिनेटपछि तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीय महिलाको मृत्यु भएको छ ।

" /> लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु - Sarbocha Media

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु

`

     २०७८ वैशाख २२ गते ८:४३

बुटवल, २२ वैशाख। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको जनाएको छ।

मंगलबार बिहान ३ बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार मंगलबार बिहान ४ बजेर ५ मिनेट जाँदा रुपन्देहीको सैनामैना नगरपालिका–३ की ६९ वर्षीय महिलाको मृत्यु भएको हो ।

यस्तै, मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा रुपन्देहीको कञ्चन गाउँपालिका–४ की २७ वर्षीय महिलाको मृत्यु भएको थियो भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मंगलबार राति ९ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

साथै मंगलबार राति १० बजे बुटवल उपमहानगरपालिका १२ का ४७ वर्षीय पुरुषको मृत्यु भएको थियो । रुपन्देहीकै बुटवल–९ की ५४ वर्षीय महिलाको बुधबार बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको थियो भने त्यसको ५ मिनेटपछि तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीय महिलाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?