कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको निधन भएको उनका श्रीमान् मोतीलालले जानकारी दिए ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट २०७० सालको संविधानसभा सदस्य रहेकी थिइन् ।

" /> कोरोना सङ्क्रमणका कारण संविधानसभा सदस्य चौधरीको निधन - Sarbocha Media

कोरोना सङ्क्रमणका कारण संविधानसभा सदस्य चौधरीको निधन

`

     २०७८ वैशाख १९ गते ९:५६

कैलाली, १९ वैशाख। कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज (आइतबार) अपराह्न मृत्यु भएको हो ।

कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको निधन भएको उनका श्रीमान् मोतीलालले जानकारी दिए ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट २०७० सालको संविधानसभा सदस्य रहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?