काठमाडौँ, १९ वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार १ सय रुपैयाँले बढेर सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुनको भाउ आइतबार प्रतितोलामा ८९ हजार ५० सयमा रुपैयाँ कामय भएको छ ।
महासंघका अनुसार यता चाँदीको भाउमा भने गत शुक्रबारकै मूल्य कायम भएको छ । शुक्रबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।




