काठमाडौँ, १७ वैशाख । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ। बिहीवार संकलन गरिएको स्वाब परीक्षणमा मन्त्री थापाको रिपोर्ट पोजेटिभ आएको हो।
उनको स्वास्थ्य अवस्था सामान्य भएकाले होम आइसोलेसनमा रहेको सचिवालयले जानकारी दिए ।
यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी अहिले अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्।




