काठमाडौँ, १६ वैशाख । कोरोना माहारी नियन्त्रणका लागि गरिएको लकडाउन उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्ररहीले नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ ।
महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३ सय ५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।
यस्तै ३ सय ८१ वटा साना जिप/कारहरु पनि होल्ड गरिएका छन् । लकडाउनमा विभिन्न बाहना बनाएर चलेका १ सय ८४ वटा ठूला सवारीसाधन पनि प्रहरीको फन्दामा परेको जनाएको छ ।
अधिकारीले भने, ‘साँझ ७ बजेपछि ती सवारीलाई छोड्छौँ ।’ उनका अनुसार तीन दिनका बिचमा काठमाडौँबाट सावा दुई लाख मान्छे बाहिरिएका छन् । बिहीबार बिहानसम्म काठमाडौँका विभिन्न नाकाबाट बाहिरिने सवारीको चाप थियो ।




