कपिलवस्तु, १६ वैशाख । ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शुद्धोधन गाउँपालिका–२ नन्दनगर बस्ने १५ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।




