श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । कोरोना संक्रमणपश्चात पूर्वराज दम्पती काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ ।

अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको जनाइएको छ ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र उहाँलाई अक्सिजनको सपोर्ट आवश्यक नपरेको अस्पतालले जनाइएको छ ।

" /> पूर्व रानी कोमल शाहलाई आइसियुमा सारियो, हाईफ्लो अक्सिजनको सपोर्ट - Sarbocha Media

पूर्व रानी कोमल शाहलाई आइसियुमा सारियो, हाईफ्लो अक्सिजनको सपोर्ट

`

     २०७८ वैशाख १६ गते ६:२०

काठमाडौँ, १६ वैशाख। कोरोना भाइरसबाट सङ्क्रमित पूर्व रानी कोमल शाहलाई आइसियुमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा सारिएको हो ।

श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । कोरोना संक्रमणपश्चात पूर्वराज दम्पती काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ ।

अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको जनाइएको छ ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र उहाँलाई अक्सिजनको सपोर्ट आवश्यक नपरेको अस्पतालले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?