उनले भने, ‘निषेधाज्ञाको पहिलो दिन सडकमा केही भीड र ट्राफिक जाम देखिएको छ । भोलिदेखि काठमाडौँको निषेधाज्ञालाई थप कडाइ गर्नेछौँ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारवाहीमा ल्याउने समेत चेतावनी दिएको छ।’

सरकारले जारी गरेको दुई साता लामो लकडाउन सुरु भएको पहिलो दिन विहीबार सुन्धरा, भद्रकाली र रत्नपार्कमा सयौँ गाडी र मोटरसाइकलको जाम भएको थियो । परिचयपत्रधारी व्यक्तिहरु कार्यालय समयमा एकैपटक निस्किँदा जाम भएको बताइएको छ ।

बैंक तथा वित्तिय संस्था, सहकारी, सरकारी कार्यालय, सञ्चारगृहका कार्ड तथा खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री ढुवानी गर्नेहरुलाई खुकुलो बनाइएका कारण एकाएक सयौँ मान्छे सडकमा निस्किएका हुन् ।

" /> भोलिदेखि निषेधाज्ञालाई थप कडाइ - Sarbocha Media

भोलिदेखि निषेधाज्ञालाई थप कडाइ

`

     २०७८ वैशाख १६ गते ६:०७

काठमाडौँ, १६ वैशाख । गृह मन्त्रालयले भोलिदेखि काठमाडौँ उपत्यकाको निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार विहीबार निषेधाज्ञाको पहिलो दिन भएकाले धेरैलाई यसको प्रोटोकलबारे जानकारी नभएकाले दोस्रो दिनबाट कडाइ गर्ने बताएको छ।

उनले भने, ‘निषेधाज्ञाको पहिलो दिन सडकमा केही भीड र ट्राफिक जाम देखिएको छ । भोलिदेखि काठमाडौँको निषेधाज्ञालाई थप कडाइ गर्नेछौँ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारवाहीमा ल्याउने समेत चेतावनी दिएको छ।’

सरकारले जारी गरेको दुई साता लामो लकडाउन सुरु भएको पहिलो दिन विहीबार सुन्धरा, भद्रकाली र रत्नपार्कमा सयौँ गाडी र मोटरसाइकलको जाम भएको थियो । परिचयपत्रधारी व्यक्तिहरु कार्यालय समयमा एकैपटक निस्किँदा जाम भएको बताइएको छ ।

बैंक तथा वित्तिय संस्था, सहकारी, सरकारी कार्यालय, सञ्चारगृहका कार्ड तथा खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री ढुवानी गर्नेहरुलाई खुकुलो बनाइएका कारण एकाएक सयौँ मान्छे सडकमा निस्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?