मकवानपुरको हेटौंडास्थित हेटौंडा अस्पताल र वनसखन्डी शहरी स्वास्थ्य केन्द्रमा रहेको प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ। बुधबार थपिएका संक्रमितमध्ये पुरुष ३९ र महिला २१ जना रहेको हेटौँडा उपमहानगरापालिकाका जनस्वास्थ्य निरीक्षक, कोभिड १९ फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए।

जसमध्ये हेटौंडा उपमहानगरपालिकाका ५६, भीमफेदी गाउँपालिका ८ र ९ का एक–एक, मकवानपुरगढी गाउँपालिकाका एक, बाराको अमलेखगञ्जका एक र ठेगाना नखुलेका एकजना रहेको बताएको छ ।

कोरोनाको दोस्रो लहर आएपछि मकवानपुरमा २६५ जना सक्रिय संक्रमित रहेको कोभिड फोकल पर्सन चौलागाईंले बताए। संक्रमितमध्ये ११ जना अस्पताल र २५४ जना होम आइसोलेशनमा छन्। अहिले सातजना हेटौंडा अस्पताल, दुईजना गौरीटार आइसोलेशन र दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ।

दोस्रो लहर भित्रिएपछि कोरोनाबाट मकवानपुरमा दुईजनाको मृत्यु भइसकेको छ। पहिलो चरणमा ३२ जनाको मृत्यु भएको थियो।

" /> मकवानपुरमा थप ६० जना कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

मकवानपुरमा थप ६० जना कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ वैशाख १५ गते ७:१६

मकवानपुर, १५ वैशाख । मकवानपुरमा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्घन शाखा हेटौंडाका अनुसार १३९ जनाको परीक्षण गरिएकोमा बुधबार ६० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

मकवानपुरको हेटौंडास्थित हेटौंडा अस्पताल र वनसखन्डी शहरी स्वास्थ्य केन्द्रमा रहेको प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ। बुधबार थपिएका संक्रमितमध्ये पुरुष ३९ र महिला २१ जना रहेको हेटौँडा उपमहानगरापालिकाका जनस्वास्थ्य निरीक्षक, कोभिड १९ फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए।

जसमध्ये हेटौंडा उपमहानगरपालिकाका ५६, भीमफेदी गाउँपालिका ८ र ९ का एक–एक, मकवानपुरगढी गाउँपालिकाका एक, बाराको अमलेखगञ्जका एक र ठेगाना नखुलेका एकजना रहेको बताएको छ ।

कोरोनाको दोस्रो लहर आएपछि मकवानपुरमा २६५ जना सक्रिय संक्रमित रहेको कोभिड फोकल पर्सन चौलागाईंले बताए। संक्रमितमध्ये ११ जना अस्पताल र २५४ जना होम आइसोलेशनमा छन्। अहिले सातजना हेटौंडा अस्पताल, दुईजना गौरीटार आइसोलेशन र दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ।

दोस्रो लहर भित्रिएपछि कोरोनाबाट मकवानपुरमा दुईजनाको मृत्यु भइसकेको छ। पहिलो चरणमा ३२ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?