स्थानीय भूमिजा अस्पतालमा उपचार गराइरहेका युवकको अवस्था जटिल भएपछि वैशाख ६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

धरान जाने क्रममा बाटोमै मृत्यु भएका युवकको धरानमै स्वाब लिएर परीक्षण गर्दा वैशाख ७ गते पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक कमलेश यादवले जानकारी दिए ।

 

" /> सिरहामा युवकको मृत्युपछि कोरोना पुष्टि - Sarbocha Media

सिरहामा युवकको मृत्युपछि कोरोना पुष्टि

`

     २०७८ वैशाख १३ गते १:०७

जनकपुरधाम, १३ वैशाख । सिरहामा एक युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

गोलबजार नगरपालिका–६ का ३४ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्थानीय भूमिजा अस्पतालमा उपचार गराइरहेका युवकको अवस्था जटिल भएपछि वैशाख ६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

धरान जाने क्रममा बाटोमै मृत्यु भएका युवकको धरानमै स्वाब लिएर परीक्षण गर्दा वैशाख ७ गते पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक कमलेश यादवले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?