बजार करेक्सन भए पनि आइतबार र सोमबार दुवै दिन कारोबार रकम भने ६ अर्ब भन्दा माथी नै रहेको छ । सोमबार कुल ६ अर्ब ५९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता सेयर किनबेच भएको छ । यसका लागि कुल २२० कम्पनीको ८६ हजार ९२ पटक कारोबार भएको छ ।

सोमबार सबै समूहका परिसूचकहरु राताम्य भए । सबैभन्दा बढी जलविद्युत र व्यापार समूहका लगानीकर्ताले बढी गुमाए । घटेको बजारमा पनि विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर भने १० प्रतिशत हाराहारी बढेको छ । माछापुच्छ्रे बैक डेबेन्चर, गुडविल फाइनान्स र एसबीएल डेबेन्चरका लगानीकर्ताले समेत कमाए ।

रिलायन्स फाइनान्स, छ्याङदी हाइड्रोपावर, सिन्धु विकास बैंकका लगानीकर्ताले बढी गुमाए । सोमबार सबैभन्दा बढी माथिल्लो तामाकोशीको सेयर ३१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको जनाएको छ ।

" /> नेप्से निरन्तर उच्च अङ्कले ओरालो तर्फ - Sarbocha Media

नेप्से निरन्तर उच्च अङ्कले ओरालो तर्फ

`

     २०७८ वैशाख १३ गते १०:३६

काठमाडौँ, १३ वैशाख। सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन उच्च अंकले घटेको छ । आइतबार ठूलै करेक्सनको सामना गरेको सेयर बजारमा सोमबार समेत लगानीकर्ताको आत्मविश्वास फर्कन सकेन ।

सोमबार बजार ६५.५८ अंक (२.५५ प्रतिशत) ले घटेको छ । सोमबार बजार २५०६.६२ अंकमा झरेर बन्द भएको छ । बजारको सुरुवाती चरणमा राताम्मे भएको बजार एक घण्टापछि बढ्ने संकेत देखिएको थियो । तर, त्यसपछि भने कुनै पनि समय बजार सुधार हुन सकेन ।

बजार करेक्सन भए पनि आइतबार र सोमबार दुवै दिन कारोबार रकम भने ६ अर्ब भन्दा माथी नै रहेको छ । सोमबार कुल ६ अर्ब ५९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता सेयर किनबेच भएको छ । यसका लागि कुल २२० कम्पनीको ८६ हजार ९२ पटक कारोबार भएको छ ।

सोमबार सबै समूहका परिसूचकहरु राताम्य भए । सबैभन्दा बढी जलविद्युत र व्यापार समूहका लगानीकर्ताले बढी गुमाए । घटेको बजारमा पनि विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर भने १० प्रतिशत हाराहारी बढेको छ । माछापुच्छ्रे बैक डेबेन्चर, गुडविल फाइनान्स र एसबीएल डेबेन्चरका लगानीकर्ताले समेत कमाए ।

रिलायन्स फाइनान्स, छ्याङदी हाइड्रोपावर, सिन्धु विकास बैंकका लगानीकर्ताले बढी गुमाए । सोमबार सबैभन्दा बढी माथिल्लो तामाकोशीको सेयर ३१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?