त्यहाँ गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १ हजार ३ सय ५ जनाको मृत्यु भएको छ। त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमण शुरू भएयता ब्राजिलमा हालसम्म १ करोड ४३ लाख ९३ हजार २ सय ५ जना सङ्क्रमित भएका छन्।

२४ घण्टामा कोभिड–१९ का करिब ३३ हजार जना सङ्क्रमति थपिएका छन्। त्यहाँ दिनहुँ नागरिकको ज्यान जाने र सङक्रमित हुने क्रम उल्लेख्य मात्रामा कम हुन सकेको छैन।

ब्राजिलमा हाल स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न भएको देखिएको छ। त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले कोरोनाका कारण भयानक मात्रामा तनाव खेपिरहेको पनि बताएका छन्।

पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि त्यहाँका अस्पतालहरूले बिरामीको चाप थेग्न सकेका छैनन्। जसका कारण सङ्क्रमण भएर गम्भीर अवस्थामा पुगेकाहरूको उपचारमा पनि समस्या भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी नै छ। तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रणको उपाय लकडाउन नै भएको विज्ञहरूको दाबी छ।

तर, राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन्‌। भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ।

त्यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो। यस राज्यमा मात्र २८ लाखभन्दा बढी नागरिक संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

" /> ब्राजिलमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ लाख ९० हजार नाघ्यो - Sarbocha Media

ब्राजिलमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ लाख ९० हजार नाघ्यो

`

     २०७८ वैशाख १३ गते ८:१५

एजेन्सी, १३ वैशाख । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा कोरोना संक्रमण भएपछि ज्यान गुमाएकाको संख्या ३ लाख ९० हजार भन्दा बढी पुगेको जनाएको छ ।

त्यहाँ गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १ हजार ३ सय ५ जनाको मृत्यु भएको छ। त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमण शुरू भएयता ब्राजिलमा हालसम्म १ करोड ४३ लाख ९३ हजार २ सय ५ जना सङ्क्रमित भएका छन्।

२४ घण्टामा कोभिड–१९ का करिब ३३ हजार जना सङ्क्रमति थपिएका छन्। त्यहाँ दिनहुँ नागरिकको ज्यान जाने र सङक्रमित हुने क्रम उल्लेख्य मात्रामा कम हुन सकेको छैन।

ब्राजिलमा हाल स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न भएको देखिएको छ। त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले कोरोनाका कारण भयानक मात्रामा तनाव खेपिरहेको पनि बताएका छन्।

पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि त्यहाँका अस्पतालहरूले बिरामीको चाप थेग्न सकेका छैनन्। जसका कारण सङ्क्रमण भएर गम्भीर अवस्थामा पुगेकाहरूको उपचारमा पनि समस्या भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी नै छ। तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रणको उपाय लकडाउन नै भएको विज्ञहरूको दाबी छ।

तर, राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन्‌। भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ।

त्यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो। यस राज्यमा मात्र २८ लाखभन्दा बढी नागरिक संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?