काठमाडौँ, १३ वैशाख । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागु गरिने भएको छ।
सोमबार बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
निर्णयको ड्राफ्ट तयार हुँदै गरेको जिल्ला प्रशासन कार्यालयका एक शाखा अधिकृतले जानकारी दिए ।




