पोखरा, १३ वैशाख। पोखरा विश्वविद्यालयले आजैदेखि लागु हुने गरी सबै प्रकारका परीक्षा स्थगित गरेको छ ।
विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले आजैका मितिदेखि लागु हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रक प्रा.डा. टेकराज ज्ञवालीले जारी गरेको सूचनामा विश्वविद्यालय अन्तर्गत सुचारु भइरहेको र अब सुचारु हुने सम्पूर्ण परीक्षाहरु अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । 




