काठमाडौँ, १३ वैशाख। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको बजार मूल्यमा स्थिरता आएको छ । आइतबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि गत आइतबारकै मूल्यमा प्रति तोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
योसँगै चाँदीको मूल्यमा पनि गत आइतबारकै मूल्य १ हजार ३ सय १० रुपैयाँ नै कायम भएको छ ।




