देशका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार २ सय ९२ पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जना संक्रमित फेला परेका हुन् । त्यस्तै ७ सय ८६ एन्टिजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा ११ सय ३२ सहित उपत्यकामा १४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामा मात्रै २४ घण्टामा १४ सय ९४ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ९ हजार २ सय ९२ पीसीआर र ७ सय ८६ एन्टिजेन विधिबाट भएको परीक्षणमा ३ हजार १ सय २२ जना संक्रमित भेटिएका छन् ।

" /> २४ घण्टामा थप ३ हजार ३२ जनामा कोरोना संक्रमण - Sarbocha Media

२४ घण्टामा थप ३ हजार ३२ जनामा कोरोना संक्रमण

`

     २०७८ वैशाख १२ गते ११:०८

काठमाडौँ, १२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ३२ जना कोरोना संक्रमित पुष्टि भएको जनाएको छ ।

देशका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार २ सय ९२ पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जना संक्रमित फेला परेका हुन् । त्यस्तै ७ सय ८६ एन्टिजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा ११ सय ३२ सहित उपत्यकामा १४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामा मात्रै २४ घण्टामा १४ सय ९४ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ९ हजार २ सय ९२ पीसीआर र ७ सय ८६ एन्टिजेन विधिबाट भएको परीक्षणमा ३ हजार १ सय २२ जना संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?