काठमाडौँ, १२ वैशाख । नेपाली बजारमा आइतबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला ४ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।
साथै चाँदीको भाउ मा भने प्रति तोला १० रुपैयाँले घटेर आइतबार १ हजार ३ सय १० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।




