चौलागाईका अनुसार ती मृतक पुरुषमा कोरोनासँगै क्षयरोग र उच्च कोलेष्टोलको समस्यासमेत रहेको बताएको छ। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा रहेका उनको घरमा नै मृत्यु भएको हो ।

मृतक गत वैशाख २ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि हेटौँडा अस्पताल पुगेको र चेकजाँचका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी केही समय अघिमात्र स्वास्थ्यमा समस्या देखापरेपछि विदेशबाट बिरामी अवस्थामा नेपाल फर्केको जनाइएको छ ।

" /> कोरोना सङ्क्रमणका कारण एक पुरुषको मृत्यु - Sarbocha Media

कोरोना सङ्क्रमणका कारण एक पुरुषको मृत्यु

`

     २०७८ वैशाख १० गते १२:१५

हेटौँडा, १० वैशाख। मकवानपुरमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ भैरव रोड बस्ने ५० का पुरुषको रहेका छन् । उनको शुक्रवार बिहान मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा कोभिड–१९ फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए ।

चौलागाईका अनुसार ती मृतक पुरुषमा कोरोनासँगै क्षयरोग र उच्च कोलेष्टोलको समस्यासमेत रहेको बताएको छ। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा रहेका उनको घरमा नै मृत्यु भएको हो ।

मृतक गत वैशाख २ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि हेटौँडा अस्पताल पुगेको र चेकजाँचका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी केही समय अघिमात्र स्वास्थ्यमा समस्या देखापरेपछि विदेशबाट बिरामी अवस्थामा नेपाल फर्केको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?