उपनिर्वाचनको तयारीका आयोगको शुक्रबार बसेको बैठकले निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचनपूर्व, निर्वाचनको समयमा र निर्वाचनपश्चात् गर्नुपर्ने क्रियाकलापहरू समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरी उपनिर्वाचनको लागि मतदानको समय बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म निर्धारण गरेको छ ।

साथै, बैठकले बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउने समेत निर्णय भएको आयोगले जनाएको छ।

" /> निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग - Sarbocha Media

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

`

     २०७८ वैशाख १० गते ११:५८

हेटौँडा, १० वैशाख । रिक्त रहेको राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र पारिएको छ । बागमती प्रदेशको अन्य समूह तर्फबाट राष्ट्रियसभा निर्वाचन जेठ ६ गतेका लागि तोकिएको छ ।

उपनिर्वाचनको तयारीका आयोगको शुक्रबार बसेको बैठकले निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचनपूर्व, निर्वाचनको समयमा र निर्वाचनपश्चात् गर्नुपर्ने क्रियाकलापहरू समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरी उपनिर्वाचनको लागि मतदानको समय बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म निर्धारण गरेको छ ।

साथै, बैठकले बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउने समेत निर्णय भएको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?