सरकारी गाडीमा युवती राखी धरान तर्फ लागेपछि स्थानीयको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओली नेतृत्वको प्रहरी टोलीले डुकु होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

बलत्कारमा परेकी बालिकाका अभिभाकले बिहीबार जबरजस्ती करणी ऐन अन्र्तगत जाहेरी दिएपछि प्रहरीले मुद्धा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको छ । यादवविरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट भोक्राहा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी जनता समाजवादी पार्टीका जिल्ला नेता हुन् ।

पक्राउ गरिएका यादव र किशोरी दुबैको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरिएको छ । स्वास्थ्य परीक्षणपछि ती बालिकालाई परिवारको जिम्मा लगाइएको डीएसपी बस्नेतले जानकारी दिए।

" /> बालिकाको रेप गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ - Sarbocha Media

बालिकाको रेप गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

`

     २०७८ वैशाख ०९ गते १२:३०

धरान, ९ वैशाक । धरान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलत्कार गरेको अभियोगमा पक्राउ परेका छन् । इटहरीकी एक १७ वर्षीया बालिकालाई गाउँपालिकामा जागिर लगाइदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको अभियोगमा उनलाई इलाका प्रहरी कार्यालय धरानले बुधबार राति पक्राउ गरेको हो ।

सरकारी गाडीमा युवती राखी धरान तर्फ लागेपछि स्थानीयको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओली नेतृत्वको प्रहरी टोलीले डुकु होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

बलत्कारमा परेकी बालिकाका अभिभाकले बिहीबार जबरजस्ती करणी ऐन अन्र्तगत जाहेरी दिएपछि प्रहरीले मुद्धा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको छ । यादवविरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट भोक्राहा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी जनता समाजवादी पार्टीका जिल्ला नेता हुन् ।

पक्राउ गरिएका यादव र किशोरी दुबैको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरिएको छ । स्वास्थ्य परीक्षणपछि ती बालिकालाई परिवारको जिम्मा लगाइएको डीएसपी बस्नेतले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?