काठमाडौँ, ९ वैशाख। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठत नेता माधवकुमार नेपालबीचको दोस्रो दिन पनि भेटवार्ता भएको छ ।
बिहीबार पनि राजधानीको होटल मेरियटमा वार्ता भइरहेको छ। आज पनि भएको दोस्रो वार्ताका लागि दुबै नेता अपरान्ह मेरियट पुगेका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको तस्बिरमा प्रधानमन्त्री ओलीले र नेता नेपाल कोठाको झ्यालबाट बाहिर हेरिरहेका छन्।
थापाले दुबै नेताले धरहरा हेरिरहेको बताएका छन्। तस्बिर राखेर थापाले लेखेका छन्– प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्त रूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नु हुँदै।
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपाेखरीस्थित मेरियट हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराकाे दृश्यावलाेकन गर्नुहुँदै – pic.twitter.com/TJ9KPIKu2B
— Surya Thapa (@ThapajiSurya) April 22, 2021




